गोकर्णेश्वरमा स्थगित भएको खोप अभियान आज एक दिनको लागि संचालन हुने
कपन अनलाइन
काठमाडौँ, श्रावण १९। गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको खोप अभियान आज श्रावण १९ गते मंगलबार एक दिनको लागि संचालन हुने भएको छ। नगरपालिकाले ५० वर्ष र सो भन्दा माथिका उमेर समुहका नागरिकहरुलाई २०७८ साल श्रावण १४ देखि कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्र २०७८ साल श्रावण १७ गते देखि अर्को व्यवस्था नभए सम्मको लागि स्थगित गरिएको सो खोप आज एक दिनको लागि सहयोगी खोप माबी खोप केन्द्र गोकर्णेश्वर ४मा बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन हुने सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।साथै सो खोप लिनको लागि आ आफ्नो वडाको वडा अध्यक्षहरु बाट कुपन लिएर मात्र खोप केन्द्रको लाइनमा बस्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।