गोकर्णेश्वरको म:म पसलमा खोप भेटिएपछि लफडा

गोकर्णेश्वरको म:म पसलमा खोप भेटिएपछि लफडा

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

गोकर्णेश्वर नगरपालिकाको एक मःम पसलमा कोरोनाविरुद्धको खोप वितरण भएको भेटिएपछि लफडा भएको छ । गोकर्णेश्वर बेसीगाउँस्थित ग्रेस मःम पसलमा लगाइएका खोपका बोतल र सामाग्री भेटिएपछि सो स्थानमा निकै वादविवाद र चर्काचर्की भएको थियो।

गोकर्णेश्वर नगरपालिकाको सो स्थानमा खोपका खाली बोतल र सामाग्री भेटिएपछि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जानकारी दिदै प्रहरी वृत बौद्धका प्रमुख  प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले घटनाको वारेमा थप अनुसन्धान भैरहेको बताएका छन।

उक्त  मःम पसल नजिकै रहेको एक फार्मेसीबाट लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताइएको छ भने अनुसन्धान जारी रहेकोले सोधपुछ गरी छाडिएका ब्यतीहरुको परिचय पनि गोप्य राखिएको छ।

गोकर्णेश्वर नगरपालिकाले खोप कार्यक्रम स्थगित गरिएको सुचना सार्वजानिक गरिएको अवस्थामा  सोही नगरपालिकाको एक मःम पसलमा खोप भेटिएपछि सो घटनाले अहिले गोकर्णेश्वरमा निकै चर्चा पाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।