मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा २ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,साउन १८ ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१२ अमरसिंहचोक स्थित एस.के. खाजाघर संचालन गरी बस्ने सोनाम गुरुङले राम्रो काममा लगाईदिन्छु भनि महिलाहरुलाई डरत्रास देखाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको भन्ने सुचनाको आधारमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१२ अमरसिंहचोक बस्ने बर्ष ५३ की सोनाम गुरुङ र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२७ रिठ्ठेपानी बस्ने बर्ष ३२ को रोशन गुरुङलाई जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको साथै पिडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको छ ।
तपाइँको प्रतिक्रिया ।