मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २४ औं जिल्ला अधिबेशन हुने
कपन अनलाइन
काठमाडौँ, श्रावण ८ । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २४ औं जिल्ला अधिबेशन हुने भएको छ। समाजको २०७८ साल श्रावण १५ गते शान्ति समाज काठमाडौं शाखाको बार्षिक साधारण सभा इष्टपोल मा.बि.को सभाकक्ष, जोरपाटी, नारायणटारमा २ बजे हुने शान्ति समाज काठमाडौं शाखाका कार्यवाहक अध्यक्ष इश्वर पुडासैनीले जानकारी गराएका छन ।उनले शान्ति समाज काठमाडौं जिल्लाबाट सदस्यता कायम रहेका सबै आजिवन तथा आवधिक सदस्यहरु तथा अधिबेशनको उद्घाटन सत्रमा सबै शुभचिन्तक तथा अधिकारकर्मीलाई सहभागिताका लागि अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।