गोकर्णेश्वर नगरपालिका वडा नं ५ को सामाजिक सुरक्षा भत्ता सम्बन्धी अत्यन्त जरुरी सूचना
कपन अनलाइन
काठमाडौँ, श्रावण ६। गोकर्णेश्वर नगरपालिका वडा नं ५ को सामाजिक सुरक्षा भत्ताको लागि परिचयपत्र नविकरण गर्ने बारेको अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ ।
वडा सचिवले जारि गरेको उक्त सुचनामा सामाजिक सुरक्षा नियमावली २०७६ ले व्यवस्था गरे अनुरुप सामाजिक भत्ता प्राप्त गर्ने प्रत्येक लाभग्राहीहरुले आगामी आर्थिक वर्ष २०७८/ ७९ मा भत्ता लिन चाहेमा २०७८ साल श्रावण देखि भाद्र मसान्त भित्र वडा कार्यलयमा गई नवीकरण गर्नुपर्ने व्यवस्था भएकोले सम्बन्धित लाभग्राहीहरुले निम्न कागजात पत्र लिइ वडा कार्यालयमा आफि उपस्थित भइ नाम नवीकरण गराउनको लागि अनुरोध गरिएको छ । साथै नवीकरण नगराउने लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता निकाशा नहुने समेत जानकारी गराइएको छ ।
आवश्यक कागजात
१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
‘३) सामाजिक सुरक्षा भत्ता कार्ड सक्कलै
४) सामाजिक भत्ता कार्डको प्रतिलिपि