कागेश्वरी मनोहरा नगरपालिकाका खोप केन्द्रमा नेपाल स्काउटका स्वयंसेवकहरुको सेवा

कागेश्वरी मनोहरा नगरपालिकाका खोप केन्द्रमा नेपाल स्काउटका स्वयंसेवकहरुको सेवा

कपन अनलाइन

काठमाडौं श्रावण ३  । सामाजिक सेवामा सक्रिय संस्था नेपाल स्काउटले कोरोना भाइरस महामारीको क्रममा पनि आफ्नो सेवालाई निरन्तर सञ्चालनमा ल्याएको छ । महामारीको समयमा कोरोना संक्रमणका कारण बिरामी भएका मात्रै नभएर कोरोना नलागेका बिरामीको उपचार र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण जस्ता काममा आफ्ना स्वयंसेवकहरू परिचालन  गर्दै आएको छ ।नेपाल स्काउट ,बाग्मती प्रदेश स्काउट कागेश्वरी ओपन स्काउट क्रयू ले कागेश्वरी  नगरपालिकामा संचालनमा रहेका बिभिन्न खोप केन्द्रमा कोरोना बिरुद्दको खोप लगाउन आएकालाई सहज होस भनेर स्वयम सेवा गरिरहेको नेपाल स्काउट कागेश्वरीले जनाएको छ ।

कोरोना भाइरस बिरुद्धको पहिलो चरणको खोप लगाउने खोप केन्द्रहरुमा कागेश्वोरी मनोहरा नगरपालिकाले आव्हान गरे बमोजिम खोप केन्द्रमा पहिलो दिन देखी आवश्यकता अनुसार स्वास्थ्य-कर्मिहरुलाई सहजिकरण गर्नुको साथै कोरोनाको बारेमा जनचेतना जगाउने काम समेत गरिरहेको छ ।

शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटार  स्थित अक्षेरिका स्कुल खोप केन्द्रमा बिहानै देखि कागेश्वरी ओपन स्काउट क्रयू खटिएको थियो।  कुपन वितरण गर्ने देखि  भिड नियन्त्रण र सामाजिक दुरी कायम गराउदै ई सुरक्षित तवरबाट खोप लगाउन सहजीकरण गरिरहेका थिए ।   नगरका अन्य खोप केन्द्रमा पनि कागेश्वरी ओपन स्काउट क्रयू ले सहजीकरण गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।