नागार्जुन नगरपालिकाका यी स्थान बाट कोरोना बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप लगाइने

कपन अनलाइन

काठमाडौं, श्रावण ३ । अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप  भोलि बाट  नागार्जुन नगरपालिकामा लगाइने भएको छ ।कोरोना भाइरस विरुद्धको यो खोप एक डोज लगाए पुग्छ। नगरपालिकाले सो खोप   ५० देखि ५४ वर्ष उमेर सम्मका नागरिक  कोभिड १९ बिरुद्दको पहिलो मात्रा खोप लगाउन बाँकी सबै , पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु र पहिला छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई बिहान १० बजे देखि ४ बजे सम्म निम्न खोप केन्द्र बाट  भोलि देखि श्रावण ६ गते सम्म  लगाइने नगरपालिकाले सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

खोप केन्द्र निम्न रहेका छन्

१) इचंगु नारायण  स्वास्थ्य चौकी (वडा नं ३)

२) सीतापाइला मा बी (वडा नं ४)

३) रत्नराज्य मा बी (वडा नं ६)

४) स्युचाटार स्वास्थ्य चौकी (वडा नं १०) रहेका छन ।

 अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सन खोप १५ लाख ३४ हजार आठ सय ५० डोज दिएको थियो। यो पहिलो चरणमा काठमाडौंमा लगाउन लागिएको जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।