बुढानिलकण्ठ -१३ चुनिखेलमा रास्ट्रिय युवा संघ नेपालको प्रदर्शन

बुढानिलकण्ठ -१३ चुनिखेलमा रास्ट्रिय युवा संघ नेपालको प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

बुढानिलकण्ठ -१३ चुनिखेलमा रास्ट्रिय युवा संघ नेपालले  प्रदर्शन गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा आज राष्ट्रिय युवा संघ नेपालले काङ्ग्रेस नेता बिजयकुमार गच्छदार लगायत काङ्ग्रेसका अर्का नेता मोहम्मद अफ्ताब आलम तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाइ बिरोध प्रदशन गरेको हो ।

भ्रष्टाचारिलाई मुक्त गरेकोमा काङ्ग्रेस सरकारलाई बधाई भन्दै र काङ्ग्रेसको सरकार बन्ने बितिकै फरार भनीएका गच्छदार केही सानो रकम मात्र अदालत लाई धरौटी स्वरुप दिइ रिहा भएको र जनादेशलाई लत्यार परमादेश जारी गरेको , काङ्ग्रेसको सरकार आउने बितिकै विभिन्न मुद्दा खेपिरहेकाहरु आलम जस्ता अपराधीहरुको संरक्षण गर्न यो सरकार लागेकोमा त्यसको विरोध स्वरूप कुकुरलाई माल्यार्पण गर्दै व्यंग्यात्मक विरोध गरिएको रास्ट्रिय युवा संघका केन्द्रीय सदस्य टिकेस नारायण श्रेष्ठले बताएका छन ।

बिरोध कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सह-कोषाध्यक्ष जय गुरुङ ,केन्द्रिय सचिवालय सदस्य दिलिप थिङ्गले पनि जनादेशलाई बेवास्ता गरि परमादेशको साहाराको सरकार आयु लामो नहुने भनी आफ्नो भनाइ राखेका थिए ।

सो  बिरोध कार्यक्रमको संयोजक टिकेस श्रेष्ठले गरेका थिए  भने बुनपा १३ का राष्ट्रिय युवा संघका सयोजक शिशिर श्रेष्ठ लगायत बुढानिलकण्ठ नगरपालिका राष्ट्रिय युवा संघका युवाहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया ।