बुढानिलकण्ठ नगरपालिकामा राजश्व संकलन नहुने
कपन अनलाइन
काठमाडौँ, असार ३१ । बुढानिलकण्ठ नगरपालिकामा राजश्व संकलन नहुने भएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले सार्वजनिक सुचना जारी गर्दै एक दिन नगरपालिकाको राजश्व संकलन नहुने सार्वजनिक सुचना मार्फत जानकारी गराएका हुन।
उक्त सुचना अनुसार आर्थिक बर्ष २०७८/७९ को पहिलो दिन २०७८ साल श्रावण १ गते शुक्रबार नया आर्थिक बर्षको कर तथा दस्तुरहरुको शंसोधित दरहरु सफ्टवेयरमा प्रविष्टि गर्नुपर्ने भएको हुँदा उक्त दिन बुढानिलकण्ठ नगरपालिका कार्यालय र मातहतका वडा कार्यलयहरुमा राजश्व संकलन सम्बन्धि कुनै पनि काम काज नहुने सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।
तपाइँको प्रतिक्रिया ।