कागेश्वरी मनोहरा नगरपालिकाले चाइनिज भेरोसेल खोपको पहिलो मात्राको लागि थप दुइ खोप केन्द्र तोक्यो

कागेश्वरी मनोहरा नगरपालिकाले चाइनिज भेरोसेल खोपको पहिलो मात्राको लागि थप दुइ खोप केन्द्र तोक्यो

कपन अनलाइन
काठमाडौँ, असार ३१। कागेश्वरी मनोहरा नगरपालिकाले थप २ वटा खोप केन्द्र संचालनमा ल्याउने भएको छ। आज देखि श्रावण २ गते सम्म कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा खोप केन्द्रमा बढी   भिड भएको कारण थप २ वटा खोप केन्द्र संचालनमा ल्याउन लागेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।

यस अघि नगरपालिकाले तीन वटा खोप केन्द्र (आलापोट स्वास्थ्य केन्द्र वडा नं. २ आलापोट,मुलपानी नगर अस्पताल वडा नं. ६ मुलपानी, गोठाटार स्वास्थ्य केन्द्र वडा नं. ९ गोठाटार )बाट खोप संचालन गर्दै आएकोमा आज बाट अमर सिंह चोक वडा नं ७ गोठाटार र राधाकृष्ण मन्दिर वडा नं ५ थली बाट खोप प्रदान गर्न लागिएको हो।

नगरपालिकाले असार २९ गते देखि श्रावण २ गते सम्म ५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइरहेको छ।

तपाइँको प्रतिक्रिया ।