नेपाल खेलकुद महासंघको आधारभुत संचार सीप कार्याशाला शुरु

नेपाल खेलकुद महासंघको आधारभुत संचार सीप कार्याशाला शुरु

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

नेपाल खेलकुद महासंघको आयोजनामा आधारभुत संचार सीप कार्याशाला शुरु भएको छ। मदन भन्डारी फाउन्डेसन सुशासन र समृद्धिका लागि संचार अभियानको  सहकार्यमा हुने उक्त तालिम असार २४ गते देखी २६ गते सम्म संचालन हुनेछ।

नेपाल खेलकुद महासंघका  अध्यक्ष रमेश पौडेलको अध्यक्षता तथा नेकपा एमालेका प्रवक्ता  प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा तालिमका विषय बस्तु र महत्त्वका वारेमा प्रकाश पारिएको थियो।

खेलकुद महासङ्हका नेता तथा कार्यकर्ताहरुलाइ संचार,पत्रकारीता र जन सम्पर्कका विभिन्न बिषयहरुमा प्रशिक्षण प्रदान गरिने सो तालिमको उद्घाटनमा महासंघका इन्चार्ज दावा तामाङ,मदन भन्डारी फाउन्डेसनका सचिव पेम्बा लामा , महासंघका  बरिस्ट  उपाध्यक्ष परशुराम बस्नेत ,प्रथम  उपाध्यक्ष गोविन्द भट्टराई ,उपाध्यक्ष   प्रभात बिक्रम कट्वाल , नेपाल खेलकुद पत्रकार मन्च का अध्यक्ष देवेन्द्र सुवेदी , प्रशिक्षक घनश्याम कोइराला लगायतको उपस्तिथि रहेको थियो।

खेलकुद र संचार माध्यम विचको सम्बन्धका वारेमा चर्चा र गहन छलफल हुने सो तालिममा दा. कुन्दन अर्याल ,प्रकाश सिलवाल ,अमरध्वज लामा ,देवेन्द्र सुवेदी ,फुलमान बल ,निरन्जन अधिकारी , डा.रामशरण प्याकुरेल,गोपाल चित्रकार ,कविता थापा महेन्द्र श्रेष्ठ ,लक्ष्मी बस्नेत लगायतले प्रशिक्षण प्रदान गर्नेछन।

तपाइँको प्रतिक्रिया ।