बुढानिलकण्ठ -१० मा एक युवाको मृत्यु पछी तनाव, घटनास्थलमा प्रहरीको सुरक्षा

बुढानिलकण्ठ -१० मा एक युवाको  मृत्यु पछी तनाव, घटनास्थलमा प्रहरीको सुरक्षा

कपन अनलाइन

काठमाण्डौ ,असार २० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० भण्डारी गार्मेन्ट चोकको एक घरमा  युवा मृत्यु पछी तनाव भएको छ। सो वडाको  भण्डारी गार्मेन्ट चोकमा रहेको एक घरमा अन्दाजी २७ वर्षका गणेश भण्डारी असार  १५ गते बेहोस भै उपचारको क्रममा अस्पतालमा निधन भए पछि उनका आफन्तहरुले प्रदर्शन गरेका छन।

सो स्थानमा रहेको डा. भरत  थापाको घरमा बस्दै आएका भण्डारीको उपचारका क्रममा ग्रांडी अस्पतालमा निधन भएपछी उनको परिवारले प्रहरी वृत बैद्धमा उजुरी दिएको छ।

घटनाको छानविन र कारवाहीका लागे आफन्तले तत्कालै पक्राउ गरेरप्रक्रिया अगाडी बढाउनु पर्ने माग गर्दै अभियन्ता र  संचार माध्यम सहित प्रदर्शन गरेपछि प्रहरीले डा. थापाको घरमा सुरक्षा प्रदान गरिरहेको छ।

 

तपाइँको प्रतिक्रिया ।