प्रहरी नियन्त्रणमा बुढानिलकण्ठ -१२ का वडा अध्यक्ष र स्थानीयहरुको दुई घण्टा ,को को पक्राउ परे ?

प्रहरी नियन्त्रणमा बुढानिलकण्ठ -१२ का वडा अध्यक्ष र स्थानीयहरुको दुई घण्टा ,को को पक्राउ परे ?

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

सडक विभाग तालाबन्दी गरेपछि  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई संगै पक्राउ परेका स्थानीयहरु करिव २ घण्टा प्रहरी नियन्त्रणमा परेर छुटेका छन।

२०७२ शालमा ठेक्का भएर निर्माण शुरु गरिएको तेन्जिङ चोक-फैका चोक-खरिबोट सडक अलपत्र पारेर ठेकेदार कम्पनि सम्पर्कमा नआए पछी सडक विभागको कार्यालय बबरमहलमा ताला बन्दी गरेका वडा अध्यक्ष र स्थानीयहरुलाई प्रहरी कार्यालय तिनकुनेले नियन्त्रणमा लिएको थियो।

बिहान करिव १०: ३० बजे सडक विभागको कार्यालय पुगेका वडा अध्यक्ष भट्टराई र स्थानीयहरुले कार्यालयमा कोहि पनि जिम्मेवार ब्यक्ति फेला नपारेपछी विभागका डीजीलाई सम्पर्क प्रयास गर्दा फोन नउठेपछी आक्रोसित बन्दै तालाबन्दी गरेका थिए।

वर्षौ देखि जिर्ण सडकका कारण हुने दुर्घटना र डुवानको समस्याले आजित बनेर सडक विभाग पुगेका स्थानीयहरुले सडकका कारण भोगको दुख कुनै यातना भन्दा कम नभएको भन्दै आक्रोस ब्यक्त गरेका थिए।

साविक कपन गाविसको सबैभन्दा पुरानो सडकको अलपत्र अवस्थाका कारण वडा नं ११ र १३ का स्थानीयहरुले पनि निकै सास्ती भोग्न बाध्य भएका छन।

बुढानिलकण्ठ नगरपालिका बाट काठमाण्डौ महानगरपालिकाको मुख्य पूर्वी निकासका रुपमा रहेको सो सडक निर्माणका लागि पटक पटक ताकेता गर्दा पनि कुनै पहल भएको थिएन।

भोलि वाट निर्माणको शुरुवात गर्ने विभागका प्रमुख र ठेकेदारको प्रतिवदत्ता पछी फर्केका वडा अध्यक्ष र स्थानीयहरुहरुले आफ्ना माग सहित आएकाहरुलाई प्रहरी लगाएर पक्राउनु दुखद भएको भन्दै तुरुन्त सडक निर्माण शुरु हुनुपर्ने माग गरेका छन।

सडक विभागमा वडाले बुझाउन नपाएको स्थानीयहरुको मागपत्र :

 

 

को को पक्राउ परेका थिए ?

लामो समय देखिको अलपत्र सडकको कारण पिडित मध्येका एक वडा सदस्य डिल्ली प्रसाद खतिवडा सहित वडा नं १२ मा रहेको सो सडक क्षेत्रमा पर्ने १० वटा टोल सुधार समितिका प्रतिनिधिहरु पक्राउ परेका थिए।

हेर्नुहोस भिडियो :

तपाइँको प्रतिक्रिया ।