पूर्वाधार र पर्यटन मार्फत समृद्ध वडा बनाउने अभियानमा बुढानिलकण्ठ -५ का अध्यक्ष विजय तामाङ
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष विजय तामाङले पूर्वाधार र पर्यटन मार्फत समृद्ध वडा बनाउने अभियानलाई सक्रियता पुर्वक अगाडी बढाएका छन।
आफ्नो कार्यकालको ४ वर्ष ४१ दिनको अवधिमा वडा अध्यक्ष तामाङले वडाको पर्यटन र पूर्वाधार विकासका लागि ठोस योजना निर्माण गरेर क्रमवद्ध रुपमा सम्पन्न गर्दै आएका छन।
विभिन्न पर्यटकीय क्षेत्र र प्राकृतिक सम्पदा रहेको वडा नं ५ लाई उपत्यकाकाको पर्यटकीय गन्तव्य बनाउनका लागि प्रत्येक आर्थिक वर्षमा नीति तथा कार्यक्रम सहित योजनाहरुको निर्माण गर्दै लागु गर्दै आएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा डांडागाउँ सडक,ग्रिन भ्याली -गुम्बा सडक ,चिसेनी सडक ,तल्लो चिसेनी -माथ्लो चिसेनी सडक ,थानचोक – दुलाल चोक सडक ,माथ्लो दुलाल टोल -खहरे सडक ,नार्कोनन -कन्फोर्ड हाउजिंग सडक सहित दर्जनौ साना सडक योजनाहरु निर्माणाधीन तथा सम्पन्न भैसकेका छन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा चिसेनी युवा क्लव भवन ,शिवालय भवन ,माथिल्लो चिसेनी सामुदायिक भवन सहित विभिन्न संरचनाहरु निर्माण सम्पन्न भएका छन भने अन्य स्थानमा पनि आवस्यकता अनुसार बनाउने योजना वडा नं ५ ले तर्जुमा गरेको छ।
त्यस्तै दर्जनौ रचनात्मक तथा सामाजिक विकासका योजना तथा कार्यक्रमहरुलाई नियमित रुपमा संचालन गर्दै आएको बुढानिलकण्ठ नगरपालिका वडा नं ५ ले आइतवारे पार्क,वडा कार्यालय परिसरमा विष्णुमति घाट निर्माण सम्पन्न भएको छ भने वडाको डांडागाउँमा सयौ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेर सामुहिक चिया तथा कृषि खेतीको लागि पूर्वाधार तयार गरिएको छ।
विष्णुमति नदीको मुहान विष्णुद्वार रहेको वडा नं ५ मा रहेका विद्यालयहरुको शैक्षिक सुधारमा सक्रिय रहेको वडाले स्थानीय संस्कृति र पर्वहरुको सम्वर्धनका लागि पनि धेरै कम गरेको छ।