मेलम्चीमा एक युवकको करेन्ट लागेर मृत्यु भएपछि स्थानीय वासिन्दाको प्राधिकरणमा प्रदर्शन
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
मेलम्चीमा नदीले कटान गरेको ठाउँमा बाँध बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाले विद्युत प्राधिकरणविरुद्ध प्रदर्शन गरेका छन् ।
मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा विजुलीको तारले छोई करेन्ट लागेर सोमबार विहान मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो । स्थानीय वासिन्दाले प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएको भनी प्रदर्शन गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।