एक साता थपिएको निषेधाज्ञाका लागि जारी आदेसमा के छ ? (आदेस सहित )
कपन अनलाइन
काठमाण्डौ, असार ६।
कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । प्रजिअहरूको संयुक्त बैठकलेअसार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधी बमोजिम सञ्चालन गर्न पाइने निर्णय गरेको छ।
तपाइँको प्रतिक्रिया ।