कागेश्वरी मनोहरा नगरपालिकाले करिब २ अर्ब ४ करोडको बजेट ल्याउँदै

कागेश्वरी मनोहरा नगरपालिकाले करिब २ अर्ब ४ करोडको बजेट ल्याउँदै

कपन अनलाइन

काठमाडौँ,असार ६। कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि करिब २ अर्ब ४ करोड बराबरको बजेट ल्याउने भएको छ ।नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा   बसेको कागेश्वरी मनोहरा नगरपालिकाको ७२ औं नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको हो ।बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि चालु तर्फ ४७ करोड ५२ लाख ५९ हजार र पूँजिगत तर्फ १ अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँको बजेट पारितका लागि यहि असार ७ देखि १० गतेसम्म हुने नगर सभामा पेश गरिने नगर  प्रवक्ता राजाराम पुडासैनीले  प्रेस बिज्ञप्ति मार्फत  जानकारी गराएका छन  ।


नगर कार्यपालिका बैठकले विभिन्न विषयगत शाखाहरुबाट पेश हुन आएका कार्यक्रम र बिगतका बर्षहरुमा नगर सभाबाट पारित भई कार्यान्वयनमा रहेका कार्यक्रमलाई समेटी विनियोजन बजेटका आधारमा नीति तथा कार्यक्रम अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको नगर  प्रवक्ता पुडासैनीले जानकारी  गराए ।नगर प्रवक्तापुडासैनीका   अनुसार कार्यपालिका बैठकले लेखा समिति, न्यायिक समिति र विधायन समितिमा छलफल भई नगर कार्यपालिकामा पेश भएका प्रतिवेदनहरु अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गर्नुको साथै  नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम गरी यहि असार ७ देखि १० गते सम्म ५ औं नगर सभा सम्पन्न गर्ने निर्णय गरेको  जानकारी दिएका छन् ।नगर कार्यपालिका बैठकमा प्रमुख कृष्णहरि थापा  उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।