गोकर्णेश्वर -९ पानी खोल्साको अस्फाल्ट प्लान्ट एक हप्ता भित्र हटाइने

कपन अनलाइन

काठमाण्डौ ,असार ५।

गोकर्णेश्वर -९ पानी खोल्साको अस्फाल्ट प्लान्ट एक हप्ता भित्र हटाइने भएको छ। बिना संचालन अनुमति सो क्षेत्रमा प्लान्ट संचालन हुँदा निकै प्रदुषण बढेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएपछीएक हप्ता भित्र बन्द गर्ने नगर प्रमुख सन्तोष चालिसेले घोषणा गरेका हुन् ।

सो क्षेत्रमा निकै नै प्रदुषण गरेको भन्दै चरण वद्ध रुपमा स्थानीयहरुले विरोध गर्दै दुई पटक नगर प्रमुख संघ छलफल गरेका थिए । त्यसै क्रममा आज भएको छलफलमा प्रमुख चालिसेले एक हप्ता भित्र सो प्लान्ट बन्द गर्ने घोषणा गरेको स्थानीय अभियन्ता संजय पौडेलले जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।