नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको माग : खोप लगाउनेको सम्पूर्ण विवरण सार्वजनिक गर

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको माग : खोप लगाउनेको सम्पूर्ण विवरण सार्वजनिक गर

कपन अनलाइन

काठमाण्डौ ,असार ४।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठले नगरपालिकामा ज्ञापन पत्र बुझाउदै कोरोना विरुद्धको खोप लगाउनेहरुको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेको छ।

दलबल सहित नगरपालिकाको कार्यालय पुगेको  नेकपा माओवादी केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई ज्ञापनपत्र बुझाउदै जेष्ठ २५,२६ र २८ गते बुढानीलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई लगाइएको खोपमा अन्य उमेर समुहका ब्यक्तिहरुले पनि खोपको दुरुपयोग गरेको भन्दै सम्पूर्ण विविरण सार्वजनिक गर्न माग गरेको हो।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका इन्चार्ज बिदुर खड्का , नगर कमिटी अध्यक्ष रबिन अधिकारी,डम्बर अधिकारी ,राजकुमार कार्की  लगायतको उपस्थितिमा कोभिड -१९ सहयोग समितीका संयोजक ठाकुर प्रसाद खकुरेलले ज्ञापन पत्र पढेर सुनाएका थिए।

नगर प्रमुख कै उपस्थितिमा खोपको अपचलन भएको गम्भीर आरोप लगाइएको ज्ञापन पत्रमा जेष्ठ २८ गते नगरपालिका कार्यालयमा प्रहरी बोलाएर दमन गर्न खोजिएको भन्दै आक्रोस पनि ब्यक्त गरिएको छ। नगरपालिका समक्ष विभिन्न १६ वटा माग राखेको   माओवादी केन्द्रले खोप प्रकरणमा संलग्न सबै सरोकारवाला पक्षलाई कारवाहीको माग गर्नुका साथै उक्त घटनाको भ्रत्सर्ना पनि गरेको छ।

बुढानिलकण्ठ नगरपालिकामा कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि सर्वदलीय शक्तिशाली समिति गठन गर्नुपर्ने माग गरेको माओवादी केन्द्र खोपको अपचलन गर्ने आफ्ना कार्यकर्ताहरुको वारेमा भने मौन रहेको छ।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठले बुझाएको ज्ञापन पत्र : 

 

 

 

तपाइँको प्रतिक्रिया ।