गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३,६८० पुग्यो, कुन वडामा कति संक्रमित ?  

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३,६८० पुग्यो, कुन वडामा कति संक्रमित ?  

कपन अनलाइन

काठमाडौं, असार ४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार ३ गते सम्ममा १९३० जना पुरुष र १७८०  जना महिला गरि कुल  ३ हजार ६ सय ८०  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १०७ जना पुरुष र ६९ जना महिला गरि कुल १७६ जना

वडा नं २ मा १०६ जना पुरुष र ८१ जना महिला गरि कुल १८७ जना

वडा नं३ मा ९२ जना पुरुष र ८० जना महिला गरि कुल १७२  जना

वडा नं ४ मा २६७ जना पुरुष र २३९ जना महिला गरि कुल ५०६ जना

वडा  नं ५ मा  ३१०जना पुरुष र  २४८  जना महिला गरि  ५५८ जना

वडा नं ६ मा ४३६ जना पुरुष र ४०८ जना महिला गरि ८४४ जना

वडा नं ७ मा ११७ जना पुरुष र ११८ जना महिला गरि कुल २३५ जना

वडा नं  ८ मा ३९० जना पुरुष र ३९५ जना महिला गरि कुल ७८५ जना

वडा नं ९ मा १०५ जना पुरुष र ११२ जना महिला गरि कुल २१७ जना संक्रमित   रहेको  जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ८४४ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।