तारकेश्वर नगरपालिका वडा नं ५ को नागार्जुन माविमा भोलि आकस्मिक रक्तदान हुदै
कपन अनलाइन
काठमाडौं असार १ ।तारकेश्वर नगरपालिकाले वडा वडामा रक्तदान कार्यक्रम गरिरहेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको कारण अस्पतालमा उपचाररत बिरामीहरुलाई रगत अभाब नहोस भन्ने उदेश्य सहित नगरपालिकाले नगरका बिभिन्न वडामा आकस्मिक रक्तदान गर्दै आएको छ। सोहि अनुरुप तारकेश्वर नगरपालिका वडा नं ५ स्थित नागार्जुन माविमा भोलि असार २ गते बुधबार आकस्मिक रक्तदान हुन लागेको तारकेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य अनन्तमणि आचार्यले जानकारी गराए। बुधबार बिहान ११ बजे देखि३ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरेका छन ।
https://www.facebook.com/ananta.acharya.3/posts/4371643012859948
तपाइँको प्रतिक्रिया ।