शंखरापुरका जनप्रतिनिधि सहितको टोली द्वारा साँखु फड्केश्वर सडकको कालोपत्रे निरीक्षण

कपन अनलाइन

काठमाडौँ, जेठ ३१।शंखरापुर नगरपालिकाका जनप्रतिनिधि सहितको टोलि द्वारा साँखु जहरसिंह पौवा फड्केश्वर सडकमा गरिएको कालोपत्रे निरीक्षण गरेका छन।उक्त सडक खण्ड अन्तर्गत जहर्सिङ पौवाको बाघ धारा देखि पाङ्ग्रेबाँस सम्म करिब ४ किलोमीटर सडकमा कालोपत्रको काम भैरहेको छ।

भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय अन्तर्गतको डिभिजन सडक कार्यालय काठमाडौंको २० करोडको लागतमा उक्त सडक बिस्तार तथा कालोपत्रे भैरहेको नगर प्रमुख सुवर्ण श्रेष्ठले  जानकारी गराएका छन् ।यहि सडक खण्ड अन्तर्गत पाङ्ग्रेबाँस देखि छाप भञ्ज्याङ् सम्म करिब ३६ करोडको टेन्डर भैसकेको र जसमध्ये ५ करोडको काम साँखु महादेबस्थान देखि फेदि पुल सम्म हुने  उनले जानकारी दिएका छन ।

७ मिटर चौडाई रहेको उक्त सडकमा पहिलो चरणमा डिबिएम प्रबिधिको ५ सेन्टिमिटर कालोपत्रे भै रहेको यो सकिएपछी अस्फाल्ट प्रबिधीको ५ सेन्टिमिटर कालोपत्रे गर्ने ठेकेदार कम्पनी कमल जित जेभीका सुपरभाइजर निराजन आचार्यले जानकारी दिएका छन।गत असोज बाट  थालिएको  सो काम  असार सम्म सम्पन्न गर्ने गरि काम अघि बढाइएको जानकारी गराएका छन।लकडाउन र बर्षाले काममा अप्ठ्यारो  पारे पनि  पनि दैनिक ५० जना कामदारले तिब्र रुपमा काम अघि बढाई रहेका  जानकारी गराए  ।

सडक कालोपत्रेको शंखरापुर नगरपालिका प्रमुख   सुवर्ण श्रेष्ठ, उप प्रमुख  शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं १ का वडाअध्यक्ष श्याममणि ढुंगाना, वडा नं ३ का वडाअध्यक्ष सन्त बहादुर वाईवा   स्थानीय बासि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले समेत सो सडक निर्माण कार्यको अनुगमन  तथा निरीक्षण गरेका थिए| ।

तपाइँको प्रतिक्रिया ।