पछिल्लो २४ घन्टामा शंखरापुर नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा शंखरापुर नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौँ, जेठ २८। पछिल्लो २४ घन्टामा शंखरापुर नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नगरपालिकाका  १६८जना महिला र २१२ जना पुरुष गरि कुल ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ।

 कुल संक्रमित मध्ये ३९ जना महिला र ४४ जना पुरुष गरि ८३ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ११जना पुरुष र ६ जना महिला गरि १७जनाको कोरोनाको कारण मृत्यु भएको छ भने  १२३ जना महिला र १५७ जना पुरुष गरि २८० जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ३५ जना महिला र ३८जना पुरुष गरि कुल ७३  जना होम आइसोलेसनमा रहेका छन भने ४ जना महिला र ६ जना पुरुष गरि कुल १० जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?

वडा नं १ मा ८ महिला र २०पुरुष गरि कुल २८ जना

वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना

वडा नं३ मा १५ जना महिला र २५ जना पुरुष गरि कुल ४० जना

वडा नं ४ मा २० जना महिला र १८ जना पुरुष गरि कुल ३६ जना

वडा नं ५ मा १२ जना महिला र १५ जना पुरुष गरि कुल २७ जना

वडा नं ६ मा ४२ जना महिला र ४० जना पुरुष गरि कुल ८२ जना

वडा नं ७ मा २१जना महिला र २७जना पुरुष गरि कुल  ४८जना

वडा नं ८ मा १३ जना महिला र १९ जना पुरुष गरि कुल ३२ जना

वडा नं ९ मा १६ जना महिला र २५ जना पुरुष गरि कुल ४१ जना त्यसै गरि अन्यमा ११ जना महिला र १२ जना पुरुष गरि कुल २३ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म  ८२ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड  पालना गरि कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।