माओवादीलाई नारा लगाउँदैमा भ्याइनभ्याइ भएकाले वार्तामा बस्न फुर्सद नभएको ओलीको आरोप

कपन अनलाइन\माघ ८, २०७१

बेलाबेला ठट्टाको शैलीमा कुरा गरेर चर्चामा आइरहने एमाले अध्यक्ष ओली पुन चर्चामा आएका छन् । बिहीबार संविधान सभा बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले माओवादीहरूलाई नारा लगाउँदैमा भ्याइनभ्याइ भएकाले वार्तामा बस्न फुर्सद नभएको बताएका थिए । जनतालाई संविधान दिनुपर्ने जिम्मेवारी सबै संविधानसभाभित्रका दलको काँधमा रहेको भन्दै ओलीले एमाओवादी सरकारबाहिरका दलसँग मिलेर अवरोध खडा गर्न मात्र लागिपरेको बताएका थिए । संविधानसभाको बैठकमा सधैँ अवरोध उत्पन्न गर्ने अनि सत्तापक्षले एकतर्फी रुपमा प्रक्रिया अगाडि बढाएको भन्दै मिडियामा छाउने प्रवृत्तिले माओवादीको संविधान निर्माण गर्न सघाउ पु¥याउनेमा आफूहरू विश्वस्त हुन नसकेको जनाएका छन् ।

kp1

 

बेलाबेला टुक्काहरू जोडेर कुरा गर्ने कारण ओलीको बोली भन्ने भनाइ नै चलिरहेको बेला ठट्यौलीपूर्वक उनले यस्तो अभिव्यक्ति दिएका थिए । एमाओवादीसहितका प्रतिपक्षी दलहरूले संविधानसभामा कुर्सी हानाहान भएको दिनदेखि नाराबाजी गर्दै बैठक बस्न दिएका छैनन् । हरेक दिन संविधानसभाको बैठक बोलाइएपनि स्थगित हुँदै गइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।