काठमाडौं क्षेत्र नं ३ को रणनीतिक सडक निरीक्षणमा कृष्ण राई

काठमाडौं क्षेत्र नं ३ को रणनीतिक सडक निरीक्षणमा  कृष्ण राई

कपन अनलाइन

काठमाडौं जेठ २३। गोकर्णेश्वर नगरपालिका वडा नं ३ को जगडोल  गाम्चा, कृष्णमन्दिर, पिप्ले नयाँपाटि हुँदै सुन्दरीजल  सडक खण्डको पूर्व सांसद कृष्ण राई सहित  प्राबिधिक टोलिले स्थलगत निरीक्षण अवलोकन गरेका छन।एक निर्वाचन क्षेत्र एक पूर्वाधार कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ३का  पुर्व सांसद कृष्ण बहादुर  राईको सिफारिसमा २०७७ साल चैत्र २१ गते शनिबार प्रधानमन्त्री के.पि. शर्मा ओलीले  उक्त सडकको  बालुवाटार बाट स्विच अन  गरि शिलान्यास गरेका  थिए ।

सोहि दिन प्रधानमन्त्री ओलीले एक निर्वाचन क्षेत्र एक पूर्वाधार कार्यक्रम अन्तर्गत १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा रणनीतिक सडकको  शिलान्यास गरेका हुन् ।प्रधानमन्त्री ओली द्वारा शिलान्यास गरिएको करिब २० करोडको लागतमा निर्माण हुन लागेको गोकर्णेश्वर नगरपालिका वडा नं  ३को जगडोल  गाम्चा, कृष्णमन्दिर, पिप्ले नयाँपाटि हुँदै सुन्दरीजल सडक  खण्डको  शनिबार पूर्व सांसद कृष्ण बहादुर राइको नेतृत्वमा  प्राबिधिक सहितकोटोलीले  स्थलगत अवलोकन निरीक्षण गर्नुको साथै सम्भाव्यता अध्ययन गरेको हो ।

 शिवपुरी पर्वत शृंखलाको फेदमा निर्माण हुने सो सडक निर्माण पश्चात  उक्त क्षेत्रको पर्यटन बिकासको साथै स्थानीय जीवनस्तरमा सकारात्मक सुधार ल्याउने देखिन्छ  ।

तपाइँको प्रतिक्रिया ।