पछिल्लो २४ घन्टामा चन्द्रागिरी नगरपालिकामा थप ५४ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं जेठ २१ ।पछिल्लो २४ घन्टामा चन्द्रागिरी नगरपालिकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ। यो संगै नगरपालिकामा हाल सम्म ४ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भए संगै ३ हजार ८ सय ४७ जनाले कोरोना जितेका छन। हाल सम्म नगरपालिकाका ४३ जना अस्पतालमा रहेका छन। त्यसैगरि ५ सय ४८ जना होम आइसोलेसंनमा रहेको नगरपालिकाले जनाएको छ ।हाल सम्म १२ जनाको घरमा र ४३ जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएको जानकारी गराएको छ। नगरपालिकामा कोरोना निको हुने दर ८३ प्रतिशत रहेको पनि नगरपालिकाले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।