चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजिकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु भएको हो । अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ छन् ।
घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले छन् । घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । रासस
तपाइँको प्रतिक्रिया ।