हाल सम्म गोकर्णेश्वर नगरपालिकाका १५ सय ७६ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं, जेठ १७। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १६ गते सम्ममा ११२२ जना पुरुष र ९९३ जना महिला गरि कुल २ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये ८५२ जना पुरुष र ७२४ जना महिला गरि कुल १५७६ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका २३ जना पुरुष र १४ जना महिला गरि कुल ३७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २४७ जना पुरुष र २५५ जना महिला गरि कुल ५०२ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ ।
हाल सम्म १२जना पुरुष र २० जना महिला गरि कुल ३२जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २३४ जना पुरुष र २३५ जना महिला गरि कुल ४६९ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा ३९१ जना पुरुष र ४८१ जना महिला गरि कुल ८७२ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ७२ जना पुरुष र ९७ जना महिला गरि १६९ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले २२१७ जना पुरुष र १९९० जना महिला गरि कुल ४२०७ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको गोकर्ण प्राथमिक अस्पताल अस्थाई कोभिड आइसोलेसन सेन्टरमा हाल सम्म २ पुरुष र ६ जना महिला गरि ८ जना रहेको जानकारी गराइएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।