ओखलढुंगामा कोरोनाबाट मृत्यु भएकाको शव ब्यस्थापनमा चुनौती
कपन अनलाइन
ओखलढुंगा ,जेष्ठ १६।
ओखलढुंगामा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तीको शव ब्यस्थापनमा चुनौती देखिएको छ । स्थानिय तहले संक्रमित मृतकको शव ब्यवस्थापनका लागी उचित स्थलको पहिचान गर्न नसक्दाँ शव ब्यस्थापनमा चुनौती देखिएको हो ।
ओखलढुंगा सामुदायीक अस्पतालमा शनिबार बिहान मृत्यु भएका दुई मध्ये एक मृतक संक्रमितको शव ब्यवस्थापनका लागी स्थान अभाव हुदाँ २४ घन्टासम्म मृतकको शवलाई अस्पतलाको बेडमै राखिएको थियो । यसअघि नियमित मृतकको शव ब्यस्थापन गर्दै आएको स्थानमा स्थानियले कोरोना संक्रमित ब्यक्तीको शव ब्यस्थापन गर्न नदिएपछि शदगद स्थलको अभाव भएको हो ।
कोरोनाका कारण मृत्यु भएका ब्यक्तीको यसअघि शव ब्यवस्थान गरिएको स्थल लिपे खोलमा स्थानियले शव सदगद गर्न दिएका छैनन् । जसका कारण जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तीको शव ब्यस्थापनमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताईन् ।
सरकारको निर्देशन अनुसार कोरोना संक्रमित ब्यक्तीको मृत्यु भएमा उनीहरुको शव ब्यस्थापनका लागी स्थानिय तहले स्थान पहिचान गर्नुपर्ने उल्लेख छ । तर जिल्लामा मृतकको शव व्यवस्थापन गर्ने स्थलको अभाव हुदाँ मृतकको शव ब्यवस्थापनमै चुनौती देखिएको प्रजिअ राईको भनाई छ । स्थानियले नियमित शवको सदगद गरिने स्थल लिपे खोलामा कोरोना संक्रमित मृतको शव ब्यस्थापन प्रभावकारी रुपमा नगरेको भन्दै बिरोध जनाएका थिए ।
स्थानियको बिरोधपछि सिद्धिचरण नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तीको शव ब्यवस्थापनका लागी उचित स्थलको खोजी गरिरहेको जनाएको छ । नगरपालिकाले मृतक कोरोना संक्रमितको शव ब्यस्थापन गर्न सिस्नेखोला किनारलाई प्रजिअ सामु प्रस्ताव गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई नगरप्रमुख मोहन कुमार श्रेष्ठले मौखिक रुपमा प्रस्ताव गरेकाले लिखित रुपमा निणर्य भएर आए सोही स्थानलाई मृतकको शव ब्यस्थापन स्थल बनाईने जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ ।समाचार साभार :ओखलढुंगा .आफ्नो एफ एम १०४.८