नागार्जुन नगरपालिकामा हाल सम्म ६४६ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं ,जेठ १६ । नागार्जुन नगरपालिकामा २०७८ जेठ १५ गते सम्ममा १३२२ जना पुरुष र १०५९ जना महिला गरि कुल २३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये ६४६ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ३६ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १६६२जनाहोम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ३७ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १६९९ जना रहेको समेत उल्लेख गरिएको छ।
नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?
नागार्जुन नगरपालिका वडा नं १ मा २४८ जना पुरुष र २०१ जना महिला गरि ४४९ जना
नागार्जुन नगरपालिका वडा नं २ मा १५३ जना पुरुष र १४० जना महिला गरि २९३ जना
नागार्जुन नगरपालिका वडा नं ३ मा ११२ जना पुरुष र ५६ जना महिला गरि १६८ जना
नागार्जुन नगरपालिका वडा नं ४ मा २८० जना पुरुष र २५४ जना महिला गरि ५३४ जना
नागार्जुन नगरपालिका वडा नं ५ मा १०२ जना पुरुष र ८६ जना महिला गरि १८८ जना
नागार्जुन नगरपालिका वडा नं ६ मा १५२ जना पुरुष र १३३ जना महिला गरि २८५ जना
नागार्जुन नगरपालिका वडा नं ७ मा ७० जना पुरुष र ५१ जना महिला गरि १२१ जना
नागार्जुन नगरपालिका वडा नं ८ मा २७ जना पुरुष र २६ जना महिला गरि ५३ जना
नागार्जुन नगरपालिका वडा नं ९ मा ७८ जना पुरुष र ५१ जना महिला गरि १२९ जना
नागार्जुन नगरपालिका वडा नं १० मा ७८ जना पुरुष र ५१ जना महिला गरि १६१ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरेको छ ।