गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७ सय ४० पुग्यो, सतर्कता अपनाउन नगरको अनुरोध

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७ सय ४० पुग्यो, सतर्कता अपनाउन नगरको अनुरोध

कपन अनलाइन

काठमाडौँ, जेठ ११ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १०  गते सम्ममा ९३७  जना पुरुष र ८०३   जना महिला गरि कुल १७सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३२ जना पुरुष र २६ जना महिला गरि कुल ५८ जना

वडा नं २ मा ३६ जना पुरुष र ३३ जना महिला गरि कुल ६९ जना

वडा नं३ मा ४४   जना पुरुष र २६   जना महिला गरि कुल ७० जना

वडा नं ४ मा १३५  जना पुरुष र १२५ जना महिला गरि कुल २६०  जना

वडा  नं ५ मा  १८० जना पुरुष र  १२९   जना महिला गरि ३०९ जना

वडा नं ६ मा २१६ जना पुरुष र १८५ जना महिला गरि ४०१ जना

वडा नं ७ मा ६८ जना पुरुष र ६९ जना महिला गरि कुल १३७  जना

वडा नं  ८ मा १७८ जना पुरुष र  १६३ जना महिला गरि कुल ३४१ जना

वडा नं ९ मा ४८  जना पुरुष र ४७ जना महिला गरि कुल ९५  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ४-१  जनामा कोरोना संक्रमित भेटिएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।