नेपाल खेलकुद महासंघको खेलकुद र खेल नीति:पार्टी र राजनीति विषयक सात दिने प्रशिक्षण सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

नेपाल खेलकुद महासंघको खेलकुद र खेल नीति :पार्टी र राजनीति विषयक  सात दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यम बाट भएको सो प्रशिक्षणमा महासंघका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी ,सचिवालय तथा सदस्यहरु सहित प्रदेस र जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

२८ औ मदन -आश्रित दिवसको अवसरमा जेष्ठ ३ गते बाट सुरू भएको उक्त प्रशिक्षणमा पहिलो दिन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतित्यतामा प्रशिक्षण उद्घाटन गरिएको थियो भने सोहि दिन नेकपा एमाले सुदुर पश्चिम प्रदेसका अध्यक्ष कर्ण थापाले पनि संबोधन गरेका थिए।

उक्त प्रशिक्षणको दोस्रो दिनमा महासंघका प्रथम उपाध्यक्ष गोविन्द भट्टराईले खेलकुद  रास्ट्रिय अन्तरास्ट्रिय  संघ संगठनका वारेमा प्रस्तुतिकरण दिएका थिए भने महासचिव मेघराज पौडेलले नेकोसको परिचय र उदेस्यका वारेमा प्रस्ट पारेका थिए।

त्यस्तै प्रशिक्षणको तेश्रो दिन नेकपा एमालेका केन्द्रिय स्कुल विभागका सचिव ईश्वरी रिजालले मार्क्सवादको परिचय र विशेषताका वारेमा प्रशिक्षण प्रदान गरेका थिए भने डा. प्रकाश प्रधानले आधुनिक समाजका लागि खेल बिज्ञान भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए।

साताव्यापी सो प्रशिक्षणको चौथो दिनमा रिजालले लेनिनवादी संगठनात्मक सिदान्तका वारेमा बिस्तृत प्रशिक्षण प्रदान गरेका थिए भने गण्डकी प्रदेस खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले समाज रुपान्तरणका लागि खेलकुद विषयमा प्रस्तुतिकरण दिएका थिए।

सो प्रशिक्षणको पाचौ दिनमा जनताको बहुदलीय जनवादका वारेमा केन्द्रिय स्कुल विभागका सचिव ईश्वरी रिजालले प्रशिक्षण दिएका थिए भने त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक पशुपति अधिकारीले नेपालका विश्व विद्यालयहरुमा शारीरिक शिक्षा र खेल बिज्ञान विषयमा प्रस्तुतिकरण दिएका थिए।

त्यस्तै प्रशिक्षणको छैटौ दिनमा महासंघका केन्द्रीय अध्यक्ष रमेस पौडेलले नेकोसको रणनीतिक योजनाका वारेमा अवधारणा प्रस्तुत गरेका थिए भने प्रदेस नं १ की सामाजिक विकास मन्त्रि उषाकला राईले दिगो खेलकुद विकासका लागि प्रदेस सरकार विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेकी थिइन।

त्यस्तै प्रशिक्षणमा  अन्तिम दिनको समापनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेसका मुख्यमन्त्री शंकर पोखरेलले खेलकुद क्षेत्रको विकासका लागि अर्थतन्त्रको विकास मुख्य रहेको भन्दै पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका थिए।

पूर्णकालिन खेलाडीले आफ्नो वृति विकासमा जोड दिने र ति बाहेकका खेलप्रेमीले आर्थिक उपार्जन संगै खेल क्षेत्रको प्रवर्धनमा ध्यान दिनुपर्ने बताउदै मुख्यमन्त्री पोखरेलले  नेपालको भौगोलिक अवस्था विविध किसिमका खेलकुद प्रतियोगिताका लागि प्रचार संभावना रहेको विचार व्यक्त गरेका थिए।

छोटो दुरीमा हिमाल ,पहाड र तराई तिनै भूगोल रहेको नेपालमा हरेक मौसममा विविध प्रतियोगिता आयोजनाको सम्भावना रहेकोले त्यस तर्फ योजना बनाउन महासंघलाई निर्देशन दिएका थिए।

त्यस्तै महासंघका इन्चार्ज नेकपा एमालेका केन्द्रीय सदस्य दावा तामाङले नेपालको  खेलकुद विकासका लागि बहुआयामिक योजना र रणनीति तय गर्नुपर्ने धारणा राखेका थिए। नेपालमा खेलकुद क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउदै पुर्व युवा तथा खेलकुद मन्त्रि तामाङले त्यसको नीति ,विधि र शैलीमा आमुल परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।

प्रशिक्षणको चाम्पियन्स भोइसमा रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीको अनुभव : 

नेपाल खेलकुद महासंघले संचालन गरिरहेको प्रशिक्षणमा राजनीतिक र अन्य विषय संगै रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुको अनुभवहरुको वारेमा पनि प्रस्तुतिकरण गर्ने गरेका छन।

आफ्नो संघर्ष ,उपलव्धि र अनुभवका वारेमा हाल सम्म सो तालिममा चर्चित  फुटवल खेलाडी हरि खड्का ,भलिवल खेलकी रास्ट्रिय कप्तान अरुणा शाही , साफमा स्वर्ण   पदक बिजेता  अनु अधिकारी ,रास्ट्रिय खेलकुदमा पदक विजेता कोमल ओली,प्यारा ग्लाइडिंग प्रशिक्षक तथा पदक बिजेता सानुबाबु गुरुङ,अन्तरास्ट्रिय  भलिवल खेलाडी प्रतिभा माली र चेसकी रास्ट्रिय खेलाडी मोनालिसा खम्बु  लगायतले  प्रस्तुति दिएका थिए।

महासंघका केन्द्रिय अध्यक्ष रमेस पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सचेत नेतृत्व : खेलकुद क्षेत्रका लागि विषयमा उत्प्रेरणा मुलक प्रस्तुति राखेका थिए भने सहजीकरण महासचिव मेघनाथ पौडेलले गरेका थिए।

महासंघका बरिस्ट उपाध्यक्ष परशुराम बस्नेतले स्वागत मन्तव्य राखेको सो प्रशिक्षणमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले नगर खेलकुद परिषद र स्थानीय सरकार विषयमा प्रस्तुतीकरण राखेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।