नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ सय ५७ पुग्यो, कुन वडामा कति संक्रमित ?

नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ सय ५७ पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ, जेठ ९। नागार्जुन नगरपालिकामा २०७८ जेठ ८ गते सम्ममा १०५२ जना पुरुष र  ८०५ जना महिला गरि कुल  १८५७  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये ४८२ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका २८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म  नगरपालिकाका  १३२२ जना  होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा २५ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १३४७ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा १९३जना पुरुष र १६१जना महिला गरि ३५४ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १३८जना पुरुष र  ११५ जना महिला गरि २३३ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा  ९४ जना पुरुष र ४२ जना महिला गरि १३६ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा  २३६ जना पुरुष र २०२ जना महिला गरि ४३८  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा ६१ जना पुरुष र ५४ जना महिला गरि ११५  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १२२ जना पुरुष र ७३ जना महिला गरि १९५  जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ५८ जना पुरुष र ४६ जना महिला गरि  १०४ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  १७ जना पुरुष र १८ जना महिला गरि ३५  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा ६४ जना पुरुष र ३९  जना महिला गरि १०३  जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ८९ जना पुरुष र५५ जना महिला गरि  १४४ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।