बागमती प्रदेसमा एमालले संसदीय बोर्ड बैठक बोलायो, कारवाही प्रक्रिया शुरु गर्ने

बागमती प्रदेसमा एमालले संसदीय बोर्ड बैठक बोलायो, कारवाही प्रक्रिया शुरु गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ८।

नेकपा एमाले  बागमती प्रदेस संसदीय बोर्डको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बागमती प्रदेसको राजधानी हेटौडामा मुख्यमन्त्री निवासमा बस्ने सो बैठक भर्खरै भएको रास्ट्रिय सभा उपनिर्वाचनमा केन्द्रीत हुने देखिन्छ।

आज बस्ने संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा पार्टीको नीति,विधि ,संसदीय परम्परा र राजनीतिक धर्म विपरित विपक्षी उम्मेदवारलाई मतदान गर्ने प्रदेस सभा सदस्यहरु माथि कारवाहीको प्रक्रिया शुरु हुने संसदीय बोर्डको सचिव समेत रहेका नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिएका छन।

जेष्ठ ६ गते भएको रास्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार राम बहादुर थापा बादलका विरुद्ध मतदान गर्ने प्रदेस सभा सदस्यहरुलाई संसदीय दलको विधान बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने तयारी भएको निरौलाले बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।