जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलायो

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । जसपा संसदीय  दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् ।

राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको श्रोतले जानकारी दिएको छ ।

यद्यपी महतो दलको नेता चयन भएको उपेन्द्र यादव र बाबुराम भट्टराईले स्वीकार गरेको छैन । तर ठाकुरले भने महतो दलको नेता चयन भएको सूचना संघीय संसद सचिवालयलाई दिइसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।