कागेश्वरी मनोहरा नगरपालिकामा ४९ जना कोरोना संक्रमित थपिए

कागेश्वरी मनोहरा नगरपालिकामा ४९ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,जेठ ६। कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ५ गते थप  ४९ जनामा संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १०२५ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन  ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ५गते सम्ममा १0२५ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये २४५ जनाले कोरोनालाइ जितेर घर फर्किएको  प्रमुख थापाले जानकारी गराए ।उनले कुल संक्रमित मध्ये ७६१ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै   हाल  सम्म नगरपालिकाका १९जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन ।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – ११ जना महिला    ९ जना ।

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – १३ जना महिला   ६ जना ।

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – १० जना महिला   ९ जना ।

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – २४ जना महिला   १२ जना ।

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ३२ जना महिला   ३७ जना ।

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- ७८ जना महिला   ५२ जना ।

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- ८३ जना महिला   ७९ जना ।

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ४९ जना महिला   ४१ जना ।

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष २३४ जना महिला   २४६ जना  रहेको त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष २३४ जना  र महिला २४६ जना गरि  कुल ४८०जनामा कोरोना पोजेटिभ देखीएको छ ।

तपाइँको प्रतिक्रिया ।