गोकर्णेश्वरमा अक्सिजन प्लान्ट स्थापना गर्न मानब अधिकार तथा शान्ति समाजको माग

गोकर्णेश्वरमा अक्सिजन प्लान्ट स्थापना गर्न मानब अधिकार तथा शान्ति समाजको माग

कपन अनलाइन

काठमाडौं जेठ ५ । मानब अधिकार तथा शान्ति समाजले गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे संग छलफल गरेको छ। मंगलबार समाजले चालिसेको निवासमा पुगी कोभिडको दोश्रो लहरले जनजिबन अस्तब्यस्त पारिरहेको र अस्पतालहरुमा अक्सिजनको हाहाकार भैरहेको सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाले कस्तो भूमिका निर्वाह गरिरहेको छ र शान्ति समाजले के कसरी सहयोग गर्न सक्छ भन्ने  बिषयमा छलफल गरिएको थियो ।

शान्ति समाजका महासचिव रामकृष्ण बरालको नेतृत्वमा भएको छलफलमा नगरभित्र रहेका अस्पतालमा दैनिक २०० थान ठुलो अक्सिजन सिलिण्डर खपत हुने भएकोले एक महिना भित्रमा अक्सिजन प्लाण्ट स्थापना  गर्ने प्रतिबद्धता नगर प्रमुख  चालिसेले गरेको शान्ति  समाजका  सचिव इश्वर पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए।

  यसअघि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट महासचिव बरालले नरपालिकाले तुरुन्तै अक्सिजन प्लाण्ट निर्माणमा कदम अघि बढाउनुपर्ने बताएका थिए । छलफलमा गोकर्णेश्वर नगरपालिकाले कोरोना रोकथामको लागि गर्दै आएको कामहरुको बारेमा  छलफलमा केन्द्रिय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, काठमाडौं शाखाका का.वा. सभापति नानीकाजी गिरी, सचिव इश्वर पुडासैनी र सदस्य भगवान पुडासैनीको समेत सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।