जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति,तत्काल सरकारमा नजाने

कपन अनलाइन

काठमाडौं ,जेठ ४।

जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । जसपमा  तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ ।अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।

जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ ।जसपाका नेताहरुका अनुसार यो अभ्यास ७६ (३) का प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि हुनेछ ।

हेर्नुहोस् जसपाको विज्ञप्ति :

 

 

तपाइँको प्रतिक्रिया ।