बागमती प्रदेसमा एकै दिन ११ वटा पक्की तथा झोलुङ्गे पुलको उदघाटन

बागमती प्रदेसमा एकै दिन ११ वटा पक्की तथा झोलुङ्गे पुलको उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

बागमती प्रदेशका बिभीन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको आज भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन् गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको   आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट एक साथ उद्घाटन गरेका हुन।

सो अवसरमा बागमती  प्रदेशका  मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेब खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाण्डौंको बिष्णुमति खोला पुल, काठमाण्डौकै धोबी खोला पुल, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल, चितवनको चानौनी अमृतनगर दाद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र धादिङकै पलाखु खोला पुल उद्घाटन गरिएको थियो ।

करिव  ३ सय ९७ मिटर लम्बाइको एक दर्जन पुल निर्माण गर्नका लागि प्रदेश सरकारको २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ लागत रहेको छ।

पुल उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तीन वर्षको अवधिमा ४४ वटा पुल निर्माण गरिसकेको बताउदै  कोरोना महामारी नियन्त्रण संगै प्रदेश सरकारले विकासको काम पनि निरन्तर भैरहेको धारणा राखेका थिए।

त्यस्तै बागमती प्रदेसका  भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले कोरोनाको महामारीको समयमा समेत बिकास निर्माणका कामहरु भइरहेको वताउदै  पाँच वर्ष भित्रमा एक सय वटा पुल र ठुला महत्वका सडक निर्माण गरिने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।