सांसद कृष्ण राईको संयोजनमा कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण पहल

सांसद कृष्ण राईको संयोजनमा कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण पहल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १।

नेकपा एमालेका काठमाण्डौ जिल्ला अध्यक्ष तथा काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईको संयोजनमा कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण छलफल भएको छ।

कोरोना प्रकोपको दोश्रो लहरमा जनताको स्वास्थ्य सुरक्षाका लागि गर्नुपर्ने काम र अन्य पहलका लागि सरोकारवालाहरु संगको छलफल पश्चात विभिन्न महत्वपूर्ण निर्णय गरिएको थियो।

उक्त छलफलले जोरपाटीको अर्थोपेडिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना,क्षेत्र भित्रका अस्पतालहरुमा कोभिड -१९ को उपचारमा केन्द्रित गर्ने र त्यसका लागि सहजीकरण गर्ने ,काठमाण्डौ महानगरपालिका वडा नं ६ का सामुदायिक अस्पतामा भेन्टिलेटर जडान गर्ने ,स्तुपा अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको थियो।

काठमाण्डौ क्षेत्र नं ३ का स्थानीय तह र अन्य निकायहरुलाई कोरोना प्रकोप विरुद्ध शसक्त परिचालन गर्न सबै  संयन्त्र उपयोग गर्ने निर्णय गरेको सो छलफलमा बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयाल , बागमती प्रदेस सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिंग दोर्जे लामा ,काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे ,गोकर्णेश्वर स्वास्थ्य महाशाखा प्रमुख हरि प्रसाद उपाध्याय ,स्तुपा अस्पतालका निर्देशक डा. पेम्बा लामा ,शंखरापुर अस्पतालका निर्देशक डा.रमेस ढकाल,अधिवक्ता होमकान्त चौलागाई ,समाजसेवी तुलसी पौडेल लगायतको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।