एक हप्तामै दोब्बर भयो शंखरापुरमा कोरोना संक्रमितको संख्या ,कुन वडामा कति संक्रमित?
कपन अनलाइन
काठमाडौं जेठ १। शंखरापुर नगरपालिकामा एक हप्तामै कोरोना संक्रमितको संख्या दोब्बर बढेको छ।बैशाख २५ गते सम्म कुल ८२ संक्रमित रहेकोमा बैशाख ३१ गते सम्म आउँदा कुल संक्रमित १ सय ६२ पुगेको हो ।शंखरापुर नगरपालिका द्वारा जारी बुलेटिन अनुसार बैशाख २५ सम्म ७० जना सकृय संक्रमित रहेकोमा ३१ गते सम्म १ सय ३४ जना पुगेको जानकारी गराएको छ।
बैशाख ३१ गते सम्ममा १० महिला र ११ जना पुरुष गरि कुल २१ जनाले कोरोना जितेका छन् भने हालसम्म ३ जना महिला र ४ जना पुरुष गरि कुल ७ जनाको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको छ । हाल सम्म ६०जना महिला र ६० जना पुरुष गरि कुल १२०जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना महिला र ९जना पुरष गरि कुल १४ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?
वडा नं १ मा ५ महिला र ६ पुरुष गरि कुल ११ जना
वडा नं २ मा १ महिला र ३ पुरष गरि कुल ४ जना
वडा नं३ मा ८ जना महिला र ११ जना पुरुष गरि कुल १९ जना
वडा नं ४ मा ८ जना महिला र ६ जना पुरुष गरि कुल १४ जना
वडा नं ५ मा ४ जना महिला र ७ जना पुरुष गरि कुल ११ जना
वडा नं ६ मा २४ जना महिला र १७ जना पुरुष गरि कुल ४१ जना
वडा नं ७ मा १३ जना महिला र १० जना पुरुष गरि कुल २३ जना
वडा नं ८ मा ३ जना महिला र ४ जना पुरुष गरि कुल ७ जना
वडा नं ९ मा १० जना महिला र १५ जना पुरुष गरि कुल २५ जना त्यसै गरि अन्यमा २ जना महिला र ५ जना पुरुष गरि कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४१ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।