गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ९२१ पुग्यो

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ९२१  पुग्यो

कपन अनलाइन

काठमाडौं जेठ १। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख ३१ गते सम्ममा ५२५ जना पुरुष र ३९६   जना महिला गरि कुल ९२१  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १७ जना पुरुष र ८ जना महिला गरि कुल २५  जना

वडा नं २ मा २९ जना पुरुष र १५ जना महिला गरि कुल ४४ जना

वडा नं३ मा २७   जना पुरुष र १३   जना महिला गरि कुल ४०  जना

वडा नं ४ मा ९०  जना पुरुष र ६९  जना महिला गरि कुल १५९  जना

वडा  नं ५ मा  ९७ जना पुरुष र  ७०   जना महिला गरि १६७  जना

वडा नं ६ मा ९७  जना पुरुष र ८३   जना महिला गरि १८० जना

वडा नं ७ मा ४५ जना पुरुष र ४२ जना महिला गरि कुल ८७  जना

वडा नं  ८ मा ९४ जना पुरुष र ७६ जना महिला गरि कुल १६७ जना

वडा नं ९ मा २९  जना पुरुष र २३जना महिला गरि कुल ५२  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी १८० जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।