गोकर्णेश्वर दुर्घटनाका मृतकको पहिचान खुल्यो, ठक्कर दिने ट्रीपर चालक बौद्ध प्रहरीको नियन्त्रणमा

गोकर्णेश्वर दुर्घटनाका मृतकको पहिचान खुल्यो, ठक्कर दिने ट्रीपर चालक बौद्ध प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १।

गोकर्णश्वर नगरपालिका वडा नं  ४ गोकर्णमा शुक्रबार बेलुकी ट्रीपरको ठक्करबाटको मृत्युु भएका युवाको पहिचान खुलेको छ ।

सुन्दरीजल बाट जोरपाटी तर्फ गइरहेको बा. ३ ख.४७७९ नम्बरको टिपरले ठक्कर दिदा बागमती प्रदेश ०२०२० प ४५३० नम्बरको मोटरसाइकलमा सवार शैलुङ गाउपालिका २ भुषाफेदा स्थाइ घर भई सुन्दरीजल नयाँपाटी बस्ने बर्ष ४० को बिक्रम तामाङको मृत्युु भएको जानकारी महानगरीय प्रहरी बृत बौद्वको डि एस पि नवीन कार्कीले जानकारी दिएका छन  ।

बाटो खराबका कारण मोटरसाइकल अनियंत्रित भएर लडिएको र विपरीत दिशाबाट तिब्र गतिमा आएको टिपरले ठक्कर दिदा  । मृतक तामाङकोतामाङको घटनास्थामा मृत्यु भएको थियो। मृतकको   शब पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ भने टिपर चालक बौद्ध प्रहरिको नियन्त्रणमा रहेका छन ।

तपाइँको प्रतिक्रिया ।