कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ र ५ बाट संकलित अक्सिजन सिलिन्डर नगर अस्पताललाइ प्रदान

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ र ५ बाट संकलित अक्सिजन सिलिन्डर नगर अस्पताललाइ प्रदान

कपन अनलाइन

काठमाडौं,बैशाख ३०। कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पतालमा उपचाररथ कोरोना संक्रमितहरुको लागि  आवश्यक अक्सिजन सिलिन्डर  संकलन गरिएको छ नगरपालिकाले नगर क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर भए सहयोग गर्नको लागि गरेको अनुरोध अनुसार आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेलले वडा भित्र रहेका ९ वटा अक्सिजन सिलिन्डर नगर अस्पतालको लागि नगर प्रमुख कृष्णहरि थापालाइ हस्तान्तरण गरेका छन।

संकलित सिलिन्डर अत्यावश्यक बिरामीको लागि प्रदान गरिने र प्राप्त   अक्सिजन सिलिन्डर प्रयोग पश्चात फिर्ता  गरिने सर्तमा संकलन गरेका हुन ।त्यसै गरि आज नै कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनीले समेत वडा बाट संकलन गरेको पांच वटा अक्सिजन सिलिन्डर नगर प्रमुखलाइ प्रदान गरेका छन। उक्त कार्यको लागि  काठमाडौ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष  एबम अन्तर्राष्ट्रिय रेफ्री आशोक खड्काले समेत सहकार्य गरेका  थिए।

देशभर कोरोना संक्रमणका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाब भएको छ । कोरोना हटस्पट बनेका काठमाडौं लगायतका अस्पतालहरुले अक्सिजनको अभाब भएको भन्दै धमाधम बिरामी भर्ना रोक्न थालेका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको हो ।चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् ।   अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।कोभिडका बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था आएको अस्पतालहरुले बताउदै आएका छन। त्यसैलाइ मध्येनजर गर्दै नगरपालिकाकाले अक्सिजन सिलिन्डर सहयोग गर्न अनुरोध गरेको हो ।

तपाइँको प्रतिक्रिया ।