बुढानिलकण्ठ नगरपालिकाका सहकारीहरुलाई अत्यन्त जरुरी सुचना !
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
बुढानिलकण्ठ नगरपालिकामा वैशाख ३१ गते देखि नगरभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूले कार्यालय मार्फत दिने सेवा प्रवाहलाइ स्थगित गर्न अपिल गरिएकाे छ । सम्पर्क व्यक्ति ताेकि अथवा सम्भव भएसम्म प्रविधिकाे माध्यमबाट बैकल्पिक रूपमा अति आवश्यक वित्तिय सेवा प्रवाह गर्न नगरपालिकाको सहकारी शाखाले जानकारी दिएको छ।
निषेधाज्ञा अवधिभर घर दैलाैमा गइ बचत संकलन गर्ने कार्य हाललाइ पूर्ण रूपमा स्थगन गर्नु गर्दै नगरपालिकाले गैर वित्तय सेवा प्रवाह गर्ने सहकारी संघ संस्थाहरूले (खाद्यान्न, तरकारी, दुध आदि )भाैतिक दुरी तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरि सुरूक्षित रूपमा वस्तु तथा सेवा प्रवाह गर्न सक्ने जनाएको छ।
तपाइँको प्रतिक्रिया ।