नेपाल मेडिकल कलेजमा अक्सिजनको चरम अभाव ,विरामीहरुलाई डिस्चार्ज हुन अनुरोध

नेपाल मेडिकल कलेजमा अक्सिजनको चरम अभाव ,विरामीहरुलाई डिस्चार्ज हुन अनुरोध

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

नेपाल मेडिकल कलेज गोकर्णेश्वर -८ मा अक्सिजनको चरम अभाव भएको छ। नेपाल मेडिकल कलेजले सूचना जारी गर्दै अस्पतालमा मौजात रहेको अक्सिजन आज ४ बजे सम्मका लागि मात्र पुग्ने भएकोले विरामीहरुलाई आवस्यक प्रवन्ध गरी डिस्चार्ज हुन् अनुरोध गरेको छ।

अस्पतालमा अक्सिजन सप्लाई गर्ने श्री सोपान फार्माको अक्सिजन उत्पादन गर्ने मेसिन बिग्रिएकोले अक्सिजन उपलव्ध हुने सम्भावना न्यून रहेकोले विरामी डिस्चार्ज गर्नुपर्ने दुखद स्थितिमा पुगेको जानकारी दिदै नेपाल मेडिकल कलेजले सो अवस्थाको वारेमा सरोकारवाला निकायलाई जानकारी गराएको बताएको छ ।

अस्पतालको सुचना :

तपाइँको प्रतिक्रिया ।