कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ६०० पुग्यो, वडा गत बिवरण सहित

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ६०० पुग्यो, वडा गत बिवरण सहित

 कपन अनलाइन 

काठमाडौँ, बैशाख २७ ।कागेश्वरी मनोहरा  नगरपालिकाका २०७८ साल बैशाख २७  गते सम्ममा  ६००  जनामा कोरोना संक्रमण देखिएको छ।  कोभिड खोप पश्चात पछिल्लो समय गरिएको परिक्षणमा नगरपालिकाका  ६००जनामा कोरोना संक्रमण देखिएको जस मध्ये  ५३८  जना सक्रिय संक्रमित रहेको  नगर प्रमुख कृष्णहरि थापाले जानकारी  गराएका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनाेहरा वडा नं. १ मा ६ जना ।
२ – कागेश्वरी मनाेहरा वडा नं. २ मा ११ जना ।
३ – कागेश्वरी मनाेहरा वडा नं. ३ मा ८ जना ।
४ – कागेश्वरी मनाेहरा वडा नं. ४ मा १९ जना ।
५ – कागेश्वरी मनाेहरा वडा नं. ५ मा ४३ जना ।
६ – कागेश्वरी मनाेहरा वडा नं. ६ मा ७९ जना ।
७ – कागेश्वरी मनाेहरा वडा नं. ७ मा ७८ जना ।
८- कागेश्वरी मनाेहरा वडा नं. ८ मा ४४ जना ।
९ – कागेश्वरी मनाेहरा वडा नं. ९ मा ३१२ जना गरि कुल ६०० जनामा कोरोना संक्रमण पुष्टि भएको त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९मा ३१२  जनालाई कोरोना पोजेटिभ देखीएको छ । कोरोनो संक्रमितको संख्या उच्च दरमा बढीरहेकोले नगर प्रमुख थापाले आम नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।