गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६५४ पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं, बैशाख २७ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २६ गते सम्ममा ३७३ जना पुरुष र २७८ जना महिला गरि कुल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १६ जना पुरुष र ६ जना महिला गरि कुल २२ जना
वडा नं २ मा २१ जना पुरुष र १० जना महिला गरि कुल ३१ जना
वडा नं३ मा १९ जना पुरुष र १० जना महिला गरि कुल २९ जना
वडा नं ४ मा ५३ जना पुरुष र ४४४ जना महिला गरि कुल १०० जना
वडा नं ५ मा ७६ जना पुरुष र ४५ जना महिला गरि १२१ जना
वडा नं ६ मा ६९ जना पुरुष र ६१ जना महिला गरि १३०जना
वडा नं ७ मा ३१ जना पुरुष र ३३ जना महिला गरि कुल ६४ जना
वडा नं ८ मा ६८ जना पुरुष र ४९ जना महिला गरि कुल ११७ जना
वडा नं ९ मा २० जना पुरुष र २० जना महिला गरि कुल ४० जना संक्रमित रहेको जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी १३० जनामा कोरोना संक्रमित भेटिएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।