बुढानीलकण्ठ नगरपालिकामा एकै दिन ८० जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

बुढानीलकण्ठ नगरपालिकामा  बुधबार ८० जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । नगरपालिकाको  जनस्वास्थ्य महाशाखाका अनुसार  संक्रमित मध्य ४१ जना महिला र ३९ जना पुरुष रहेका छन।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र २०४ जना महिला र २१७ जना पुरुष गरी कुल ४२९ जनामा संक्रमण देखिएको  छ । जसमा   १०७ जना (५१ महिला र ५६ जना पुरुष) संक्रमणबाट मुक्त भएका छन् ।

बैशाख २२ गते बुधबारको वडागत विवरणः

वडा नं १ : ३ पुरुष

वडा नं २ :  ५ महिला र  ५ पुरुष

वडा नं ३ :  ३ महिला र  २ पुरुष

वडा नं ५ : १ पुरुष

वडा नं ६ :  २ महिला

वडा नं ७ :  २ महिला र  २ पुरुष

वडा नं ८ :  ८ महिला र  ४ पुरुष

वडा नं ९ :  ४ महिला र २ पुरुष

वडा नं १० :  ६ महिला र  ११ पुरुष

वडा नं १२ :  ६ महिला र  २ पुरुष

वडा नं १३ :  २ महिला ।

 

तपाइँको प्रतिक्रिया ।