अव बजार तथा पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २१।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।
यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो। त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।
अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ। यस अघि पसल तथा व्यवसायहरु बिहान र बेलुका दुवै समय खुल्ने गरेका थिए।
तपाइँको प्रतिक्रिया ।